९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

स्याउका बिरुवा बिक्री नहुदा कृषकहरु निराश



काठमाडौं : मुगु जिल्लामा पछिल्लो समयमा स्याउका बिरुवा उत्पादन गर्ने कृषकहरुको संख्या बृद्धि भएको छ । स्याउका बिरुवा उत्पादन बढी र माग कम भएको कारण स्याउका बिरुवा बिक्री नहुदा कृषकहरु निराश हुन थालेका छन् । जिल्लाको स्याउ पकेट क्षेत्र मानिएको ताल्चा, बाम, रोवा, कालापाल्त, बामका कृषकहरुले उत्पादन गरेका रेड डेलिसियस, ईटालियन फूजी, रोयल डेलिसियस, रोएल गोल्डेन, जोनाथन काले, पोलिनाइजर भाले जातका स्याउका बिरुवा बिक्री नहुदा लाखौं मूल्यका बिरुवा खेर जाने भएकाले किसानहरु निराश भएका हुन् ।

ब्यवसायिक रुपमा कृषि कर्ममा लागेका कृषकहरुको लागि सहुलियत र अनुदानको कार्यक्रम तीन वटै तहका सरकारले नल्याएको कारण पनि कृषकहरु थप मारमा परेका हुन् । तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जति लगानी गरेपनि आफ्नो कार्यकर्ता पाल्ने कार्यक्रम मात्रै ल्याएको भन्दै कृषकहरुले गुनासो गरेका छन् । गर्त वर्ष बिरुवा कम उत्पादन भएको थियो तर, माग भने बढी आएको थियो । तर, यो वर्ष भने स्याउका विरुवा वितरण गर्ने कार्यक्रम नै कम भएको कारण १ लाख ७० हजार रुपैया बराबरको मात्र विरुवा बिक्री भएका छन् । २ लाख ५० हजार मूल्य बराबरका स्याउका बिरुवा खेर जाने भएको छ । मुगुका वास्तविक कृषकहरु मारमा परेका छायानाथ रारा नगरपालिका–५ ताल्चा ऋतु नर्सरी फर्मका ब्यवस्थापक मणि चन्द्र भामको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !