Friday, October 11, 2024

ट्रेन्डिङ :

सरकार र प्रतिवन्धित नेकपाको बीचमा पहिलो चरणको वार्ता सकियो

काठमाडौं : फागुन १९, सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बीचमा पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहानबाट प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए । विप्लव नेतृत्वको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको छ ।

नेकपाले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्नु पर्ने र झुट्टा मुद्धा फिर्ता प्रमुख माग अघि सारेको छ । केपी ओली नेतृत्वको सरकारले २ वर्षअघि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?