Monday, September 16, 2024

ट्रेन्डिङ :

पार्टी हित विपरीत गतिविधि गर्ने महेश बस्नेत, सूर्य थापासहित ७ जनालाई कारबाही

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहका ७ केन्द्रीय नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ । उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड माधव समूहको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?