२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सानो चित्त नगर्नुस् रामचन्द्रजी, विशाल हृदय राख्नुस् : देउवा



चितवन । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमा श्रद्धाञ्जली सभामै घोचपेच भएको छ । चितवनमा बुधबार पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा पनि बुधबार दुई नेताका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि देउवा मध्यावधि चुनावको पक्षमा उभिएका थिए भने पौडेलले संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जोड दिए । सर्वोच्च अदालतको आदेशले संसद पुनर्स्थापना भएपछि देउवा र पौडेलबीच नयाँ सरकार गठनलाई लिएर मञ्चमै घोचपेच भएको हो । सभामा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको बायाँ रामचन्द्र पौडेल र दायाँ शेरबहादुर देउवा बसेका थिए । देउवाको छेउमा पार्टी महामन्त्री शशांक कोइराला थिए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड–माधव समूहसँग मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका महामन्त्री कोइरालाले श्रद्धाञ्जली कार्यक्रममा कुनै राजनीतिक टिप्पणी गरेनन् ।

तर देउवा र पौडेलले हुन त राजनीतिक भाषण गर्ने कार्यक्रम होइन भन्दै जमेर एक अर्काको आलोचना गरे । सभापतिभन्दा पहिला बोलेका वरिष्ठ नेता पौडेलले कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको र त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने बताए । देउवाप्रति लक्षित गर्दै भने, ‘आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा र विकृति हो, हैसियतभन्दा बढी आकांक्षा राख्न हुँदैन । अहिले कांग्रेस प्रतिपक्षमा छ, संख्या पनि सानो छ । जुन हैसियतमा संसदमा छ, सोही अनुसारको भूमिका खेल्नुपर्छ, विपक्षीको सही भूमिका निर्वाह गर्नु पर्ने बताए । त्यसपछि प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका देउवाले सुरुमै पौडेललाई जवाफ दिए । ‘हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, रामचन्द्रजी बोलिहाल्नुभयो’ भन्दै उनले पौडेललाई सानो चित्त भएको मान्छे भने । देउवाले अगाडि भने, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी । तपाईं विशाल हृदय राख्नुस् ।’ प्रतिपक्षमै बस्नुपर्छ भन्ने वरिष्ठ नेताको आशय व्यक्त गरेको भन्दै उनले पदको लोभ नभएको, जिम्मेवारी आए नभाग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय