१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बालुवाटार जग्गा कब्जा प्रकरणमा जेल परेका सहसचिव उप्रेती मात्र ५ लाख धरौटीमा रिहा



काठमाडौं : फागुन २०, ललिता निवास प्रकरणको जग्गा हिनामिना प्रकरणमा मुछिएका सहसचिव अशोकनाथ उप्रेती पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले बुधबार सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक सहसचिव अशोकनाथ उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरू शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उप्रेतीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले मागेको धरौटी बुझाएर उनी बुधवार रिहा भएका छन्।

ललिता निवासको जग्गा हिनामिना गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ र अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमध्ये एक सय १० जनालाई भ्रष्टाचारको कसुर र ६५ जनालाई जग्गा जफत गर्ने भन्दै प्रतिवादी बनाइएको छ। बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा उनीहरूको संलग्नता रहेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !