Monday, September 9, 2024

ट्रेन्डिङ :

३३ महिनामा साढे ४७ अर्ब रुपैयाँको राजश्व छली

काठमाडौं : फागुन २०, विभिन्न उपाय अपनाएर राजश्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजश्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग कै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बौं राजश्व छलेको पाइएको हो । मुलुकलाई ठूलो घटना पुर्याउन खोज्ने आर्थिक अपराधको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिमा झण्डै साढे ४७ अर्ब रुपैयाँ राजश्व छल्नेलाई धमाधम कानुनी दायरामा ल्याइएको हो । राजश्व अनुसन्धान विभागले सो अवधिमा राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरुको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ । त्यसैगरी नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि करको झुटो विवरण पेस गर्ने लगायतका कसुरमा करिब १ हजार फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले यस अवधिमा आर्थिक अपराधमा संलग्न विभिन्न फर्मका सञ्चालक विरुद्ध ४७ अर्ब ३३ करोड रुपैयाँ माग दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?