Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

निर्देशक अशोक थापामगरद्वारा निर्देशित “आमा कहाँ खोजुँ?” भिडियो सार्वजनिक (भिडियो सहित)

spot_img
spot_img

काठमाडौं- आमा शब्द सबैलाई प्यारो लाग्छ । आमा शब्दलाई प्राय सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यहि सन्दर्भमा निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन् । गितान्जली थापामगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमा प्रवेश गरेका छन् । फाल्गुन २० गते बिहिबार हाईलाइटस् नेपालबाट रिलिज भएको ‘आमा कहाँ खोजुँ ? म्युजिकल स्टोरीमा बाल कलाकार नेरिश्का स्थापितले आमा खोज्ने भुमिका निभाए कि छिन भने रुबि मैनालीले एक बिबश आमा, बिबश्तावश सानी छ महिनाको छोरीलाई खोलाको किनारमा छोड्न विबश आमाको भुमिकामा छिन् । सानी बालिकाको निदोर्ष भुमिका सारिका दाहालकी र आश्रमकी आमा सृष्टी थापामगरको रहेको छ ।

यस कथामा, अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको कथा छ । जन्म दिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ । अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्म दिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भए पनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्म दिने आमाको अभाब खट्की राखेको हुुन्छ ।

एक दिन अचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे । आमाको खोजि गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ । यो हाम्रो समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो । आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ? राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न गर्छन् ।

यस सांगीतिक फिल्मामा गितान्जली थापाको स्वर, निर्देशक स्वयंको शब्द, संगीत र अरेन्जर याकुब राई रहेका छन् । दिपक बज्राचार्यको छायाँकन र निर्माणमा टेक बहादुर थापा र राजु थापा रहेका छन् । एम मिडिया प्रा.लि.को निर्माणमा निर्देशक थापामगरले यसअघि द कोरियन ड्रिम, बरिड इन टियस्, ड्रिम एण्ड रियालिटी जस्ता डकुमेन्टरी फिल्मबाट बिभिन्न नौ वटा अन्र्तराष्ट्रिय अवार्ड पाएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?