१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बालुवाटार जग्गामा सफाई दिएको गुन तिर्न न्यायाधीश रेग्मीले एमाले र माओवादी ब्यूताएको आरोप



काठमाडौं : सर्वोच्च अदालतले ऋषि कट्टेल संयोजक रहेको नेकपालाई आधिकारिकता दिएपछि नेकपा भित्रको किचलो थप जटिल मोडमा छ । सवोच्च अदालतका न्यायाधीसद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई नेकपा एमाले र माओवादी केन्द्रको अवस्थामा पुग्ने गरी फैसला सुनाएको छ ।

तर, यो फैसलान नै सेटिङ्गमा आएको हो भन्नेहरुको अवाज पनि सुनिन थालेको छ । प्रतिनिधि सभा विघटनदेखि नै सर्वोच्च अदालतमा ओलीले ‘सेटिङ्ग’ मिलाएको भन्ने सार्वजनिक अभिब्यक्तिलाई यो फैसलाले वल पुर्याएको अनुमान छ । ललिता निवास प्रकरणमा सफाई दिएको गुन तिर्न रेग्मीले कांग्रेस र भारतको दवाव तथा विष्णु पौडेलसँगको सम्वन्धका कारण फैसला प्रभावित वताएको आरोप लागेको छ । यसैगरी, देवप्रकाश त्रिपाठी र तिलक रावलसँगको सम्वन्ध पनि यो फैसलामा जोडिएको जानकाहरु वताउँछन् । तिलक र प्रधानन्यायाधिस चोलेन्द्र समसेर जवराको सम्वन्धलाई यसमा प्रयोग गरिएको उनीहरुको भनाई छ । नेपाल आजबाट साभार ।


प्रतिक्रिया दिनुहोस !