१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एमालेमै फर्किने नेपाल समूहको तयारी, पार्टीमै रहेर ओली बिरुद्ध संघर्ष गर्ने



काठमाडौं : सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको थाहा खबरले जनाएको छ। २०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए। तर दलको आधिकारिकता नै सर्वोच्च अदालतले खारेज गरिदिएर पुरानै पार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो। अहिले प्रचण्डमा माधव पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। तर, बैठकअघि नेता नेपाल समूहको बैठकले एमालेमै फर्किने निष्कर्ष निकालेको स्रोतले बतायो। छलफलले एमालेमै रहेर ओली प्रवृत्तिुविरुद्ध लड्दै पुन पार्टी एकताको लागि पहल गर्ने भएको छ। बैठकमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुषाललगायत नेताहरु सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !