Friday, October 4, 2024

ट्रेन्डिङ :

पार्टी एकताको पहललाई निरन्तरता दिने निर्णयसहित छुट्टिए प्रचण्ड र नेपाल

काठमाडौं । प्रचण्ड/नेपाल समुहले एकता पूर्वका आ-आफ्नै पार्टी एमाले र माओवादीमै फर्कने निर्णय गरेका छन् । सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समुहका स्थायी समितिको बैठकले अब अलग अलग भएर जाने निर्णय गरेको हो । स्थायी कमिटीको बैठकमा अदालतको निर्णयमा राजनीतिक देखिएता पनि मान्नै पर्ने अवस्था आएकाले पूर्वस्थितीमै पुग्नु पर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक सदस्यले बताए ।

अब अलग/अलग भएपनि पार्टी एकताका लागि भने दुवै पार्टीले आ-आफ्नो क्षेत्रबाट पहलगर्ने निर्णय भएको ती सदस्यले बताएका छन् । आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा बनेको नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिने पक्षमा फैसला गरेको थियो । सोमबार प्रचण्ड-नेपाल समुहको बैठक बस्नुअघि नेपाल समुहले नयाँ बानेश्वरमा बैठक बोलाएको थियो । सो बैठकले नै सर्वोच्चको फैसला मान्दै अलग हुने निष्कर्ष निकालेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?