१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सर्वोच्चले राजनीतिक पार्टीहरूको आत्मनिर्णयको अधिकार अपहरण गर्यो : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सर्वोच्च अदालतको हालैको फैसलाले राजनीतिक पार्टीहरूको आत्मनिर्णयको अधिकार अपहरण भएको टिप्पणी गरेका छन् । सो पार्टीको मंगलबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पूर्व गृहमन्त्री समेत रहेका शर्माले सर्वोच्चको यो फैसलाले नेपालमा राजनीतिक पार्टीहरू स्वतन्त्र हुन् वा अधीनस्त हुन रु भन्नेमा गम्भिर प्रश्न उठेको बताए ।

राजनीतिक प्रकृतिको निर्णय अदालतले गर्यो । राजनीतिक प्रकृतिको निर्णय र मागदाबी भन्दा बढिको निर्णय बेठीक भो । तर अदालतले फैसला गरिसकेको हुनाले त्यो बेठीक भएको कुरा विरोध गर्दै फैसलालाई कार्यन्वयन गर्ने समझदारीका आधारमा पूर्व पार्टीहरू सञ्चालन गर्नुपर्ने आवश्यकता भएको हो’ शर्माको भनाई छ । नेता शर्माले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबारको स्थायी समिति बैठकले रणनीति बनाउने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !