Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

काठमाडौं- मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्पिरिष बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?