Thursday, May 1, 2025

ट्रेन्डिङ :

अर्बौं डलर दान गर्ने विश्वकै चर्चित धनाढ्य बफेट १०० अर्ब डलर क्लबमा प्रवेश

spot_img
spot_img

काठमाडौं : विश्वकै चर्चित धनाढ्य वारेन बफेट पहिलोपटक एक सय अर्ब डलर क्लबमा प्रवेश भएका छन्। वर्कशायर हाथवेका अध्यक्ष वारेन बफेट अब इलन मस्क, जेफ बेजोस र बिल गेट्स जस्तै अब सय अर्ब डलर व्यक्तिगत सम्पत्तिका मालिक बनेका हुन्। बुधबार उनको कम्पनीको शेयर मूल्य बढ्दा उनको व्यक्तिगत सम्पत्ति पहिलोपटक एकसय अर्ब डलर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। विश्वकै सबैभन्दा सफल लगानीकर्ताका रुपमा चिनिने वफेटले आफ्नो अर्बौं डलर सम्पत्ति च्यारिटीलाई दान दिएका कारण अहिलेसम्म १०० अर्ब डलरमाथि उनको व्यक्तिगत सम्पत्ति पुग्न सकेको थिएन। दशकौंदेखि विश्वका धनाढ्यको टप टेन सूचीमा रहँदै आएका वफेट ब्यक्तिगत सम्पत्ति दान दिनमा पनि उनी उत्तिकै नामी छन्।

उनको व्यक्तिगत सम्पत्ति नबढ्नुमा उनको ठूलो धनराशी च्यारिटी डोनेसनमा जानुलाई मानिन्छ। सन् २००६ यता मात्रै उनले ३७ अर्ब डलरभन्दा बढी व्यक्तिगत सम्पत्ति डोनेसन गरिसकेका छन्। गिभिङ प्लेजुका सहसंस्थापक पनि रहेका वफेटले अर्बपतिहरुमा परोपकारको भाव जगाउने क्याम्पेन चलाउँदै आएका छन्। गत वर्षमात्रै अमेजनका संस्थापककी पूर्व पत्नी म्याकेन्जी स्कटले वफेटको यो अभियानलाई समर्थन गर्दै चार महिनाभित्र चार अर्बभन्दा बढी सम्पत्ति दान गरेकी थिइन्।

वफेटको कम्पनी वर्कशायर हाथवेको शेयर मूल्यमा सन् २०२१ मा मात्रै १५ प्रतिशतले बढिसकेको छ। सन् १९६५ मा एउटा धरासायी भएको टेक्सटाइल कम्पनी वर्कशायर हाथवेलाई किनेका बफेटको यो कम्पनीले हाल ९० भन्दा बढी किसिमका व्यापार संचालन गर्छ। कम्पनीको एप्पल कम्पनीमा प्रमुख शेयर रहेको छ। यस्तै अन्य टेक कम्पनीहरुमा पनि कम्पनीको लगानी छ जसको मूल्य कोरोना महामारीपछि लगातार बृद्धि भैरहेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?