१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चार हजारबाट घटाएर २०० जनाको केन्द्रीय कमिटी बनाउने माओवादीको निर्णय



काठमाडौं : नेकपा माओवादी केन्द्रले ४ हजारबाट घटाएर २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको हो। पार्टी एकताको क्रममा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए। तर, एकता भंग भए पनि २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने भएको छ।

अहिले एकता भंगपछि माओवादीका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहलगायत नेता एमालेमा लागेका छन्। पार्टी एकता भंग हुँदा माओवादीलाई असर नगरेको निष्कर्षसहित अबको निकासबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा राखेका थिए। त्यस्तै अब छलफलपछि पार्टीको के नाम फेर्ने बिषयमा छलफल हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !