१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लहानको मालपोत कार्यालयमा बिष्फोट गराउने एक युवक पक्राउ



सिरहा । लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउनमा संलग्न रहेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ परेको छ । लहान–१८ भदैया घर भएको २७ वर्षीय बलराम मण्डललाई सुखीपुर –२ विद्या नगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिए । मालपोत कार्यालयमा बम विष्फोट हुनु भन्दाअघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो ।

आइतवार बम विष्फोट हुँदा आठ जना घाइते भएको थियो भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षीय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि उपचारको लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पुर्याएको थियो । कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार विराट नगरमा भइरहेको छ भने बाँकी ६ जनाको लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा भइरहेको छ ।

मालपोत कार्यालय लहानमा विष्फोट गराएको घट्नाको जिम्मेदारी जनतान्त्रिक तराईका मुक्ति मोर्चाले विज्ञप्ति जारी गर्दै जिम्मा लिएको छ । तराइमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जय कृष्ण गोइतले जिम्मेदारी लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !