Saturday, February 15, 2025

ट्रेन्डिङ :

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई दुर्गा प्रसाईको ज्यान मार्ने धम्की !

spot_img
spot_img
spot_img

काठमाडौं । निक्कै उदण्ड भनेर चिनिने बीएमसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई ज्यान मार्ने धम्की दिएको डा. गोबिन्द केसीले बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाए । झापाको बीएमसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको बताए । चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको आरोप डाक्टर केसीले लगाए ।

डाक्टर केसीले प्रधानमन्त्री लगायत काठमाडौं विश्वविद्यालयका पदाधिकारी सबैले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् । चिकित्सा क्षेत्रको सुधारको लागि पटक–पटक अनसन बस्दै आएका डाक्टर केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरि अनसन बस्ने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा अनसन बस्ने दिन र समय भने बताइएको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?