१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

अनाधिकृत गुट भेला नगर्न एमाले महासचिव पोखरेलको चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधब र खनाल समूहले गर्ने भनेको चैत ४ र ५ गते भेलामा नजान कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् । महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् । उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पस्ट गरिन्छ ।’

एमालेको नेपाल खनाल पक्षले एमाले पूर्ववत् अवस्थामा फर्किएको सर्वोच्चको फैसलापछि एकलौटी ढंगले विधान संशोधन तथा पार्टी विधानविपरीत पार्टी विभाजन गर्ने मनसायले नेताहरुको जिम्मेवारी खोस्दै अन्यलाई जिम्मेवारी दिएको विरोधमा भोलिबाट २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलाबाट साझा धारणा तय गर्ने र सोही अनुसार अघि बढ्ने सो समुहको तयारी छ । त्यसको पुर्व सन्ध्यामा ओली समुहले भने त्यसको विरोध गर्दै एमालेले कुनै भेला नगरेको जनाएको हो ।


प्रतिक्रिया दिनुहोस !