१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कांग्रेस नेता जोशीको निधन भएको समाचारको अस्पताल र उनको परिवारले गर्यो खण्डन



काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको भन्ने समाचार अस्पताल र नेता जोशीको परिवारले खण्डन गरेको छ । उनको परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको स्वास्थ्यका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ उनको परिवारले भनेको छ ।

‘नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौं । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ,’ फेसबुक पोष्टमा भनिएको छ । नर्भिक अस्पतालले काँग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिएको छ । बुधबार बिहान ७ बजे जारी गरिएको विज्ञप्तिमा हाल भेन्टिलेटरमा नै राखेर उनको उपचार जारी राखिएको अस्पतालले बताएको हो ।


प्रतिक्रिया दिनुहोस !