१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेप्सेले सोध्यो इन्फ्रास्ट्रकचर बैंकलाई स्पष्टिकरण



काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई स्पष्टिकरण सोधेको छ । बैंकले लाभांश र बोन्ड जारी गर्ने विषयमा नेप्सेलाई जानकारी नै नदिई मिडिया मार्फत प्रचार प्रसार गरेको भन्दै नेप्सेले ३ दिने स्पष्टिकरण सोधेको हो । नेप्सेले बैंकलाई विभिन्न प्रश्न सहित स्पष्टिकरण सोधेको हो । नेप्सेले ३० मिलियन डलरको बन्ड जारि गर्ने र लण्डन स्टक एक्सचेन्जमा सुचिकृत गराउने विषय के हो, यसमा सत्य तथ्य के भएको हो, रणनीतिक साझेदार भित्र्याउन को सँग के कस्तो छलफल गरेको हो, बैंक तथा वित्तीय संस्थाका लागि बन्ड जारी गर्ने विषय के कति सत्य हो, इन्स्योरेन्स कम्पनीले खरिद गर्ने बन्ड जारि गर्ने विषय के कस्तो सत्य हो, १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो, नेप्सेलाई जानकारी नगरी किन मिडियामा प्रचार गरेको लगायतका विषयमा नेप्सेले जवाफ माग गरेको छ । बैंकका सीइओ रामकृष्ण खतिवडाले केहि दिन अगाडी संचारकर्मीसँगको अन्तरक्रियामा यी विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !