१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

आगामी महाधिवेशनमा म सभापतिमा उम्मेदवार : डा. कोईराला



दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन। उनले आफू सभापतिबाहेक अरु कुनै पनि पदमा नलड्नेसमेत बताए। कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने भन्दै उनले नत्र भने कांग्रेसको हालत पनि नेकपाको जस्तै हुने बताए। नेता कोइरालाले देशको अबको निकासका निम्ति निर्वाचन अन्तिम विकल्प भएको बताएका हुन्।

त्यसका लागि कांग्रेसकै नेतृत्वमा अल्पमतको चुनावी सरकार बनाउन उपयुक्त रहेको धारणा राखे। उनले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने संवैधानिक व्यवस्था भएकाले दलहरु मिलेर अल्पमतको सरकार गठन गनुपर्ने समेत बताए। अल्पमतको चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्दै त्यसका लागि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने समेत बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय