Wednesday, February 19, 2025

ट्रेन्डिङ :

पाँच जनाको नाम सहसचिवमा बढुवाका लागि सिफारिस

spot_img
spot_img

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जनाको नाम सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल इन्जिनियरिङ सेवा समूहतर्फ राज पत्रांकित प्रथम श्रेणी (सहसचिव) मा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह तर्फ चक्रपाणि शर्मा आचार्य, वासुदेव पौड्याल र बाल मुकुन्द श्रेष्ठलाई सहसचिव बढुवाका लागि सिफारिस गरिने भएको छ । त्यस्तै, सोही समूहतर्फको बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहमा दिलीप शेखर श्रेष्ठ र इरिगेशन इन्जिनियरिङ समूहतर्फ देवराज निरौलाको नाम बढुवाका लागि सिफारिस गरिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?