Friday, May 23, 2025

ट्रेन्डिङ :

चलचित्र ‘ए’ को छायाँकन सुरु

spot_img
spot_img

काठमाडौं : चलचित्र ‘ए’ को छायाँकन सुरु भएको छ ।मंगलबार मुहूर्त गर्दै चिलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्रको छायाँकन काठमाडौं, भक्तपुर र बनेपामा हुने जनाइएको छ । चलचित्रमा प्रमोद अग्रहरी, शोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समिक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की र गीता विष्ट लगायतको मुख्य अभिनय रहने बताइएको छ । विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन्, भने फिल्मको पटकथा तथा संवाद निर्देशक कटुवाल र आकाश उखेडाले मिलेर लेखेका हुन् । फिल्ममा प्रल्हाद काफ्लेले लगानी गरेका छन्। चलचित्र सस्पेन्स थ्रिलर जनरामा आधारित हुने जनाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?