Wednesday, March 19, 2025

ट्रेन्डिङ :

दुई जना सचिवमा बढुवा

spot_img
spot_img

काठमाडौं : न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवासँगै भट्टराईलाई सोही कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापनसमेत गरेको छ । बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ । तत्कालिनसचिव ऋषिराज भण्डारी न्यायाधीशमा सिफारिस भएसँगै रिक्त सचिव पदमा सापकोटालाई पठाएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?