१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

इन्टरनेट सेवाको संरचनामा दोब्बर भाडा वृद्धिले नपुगेर अनलाइनबाट विद्युत् महशुल तिर्दा पनि थप शुल्क लिदै प्राधिकरण



काठमाडौं : ईन्टरनेट सेवा प्रदायकहरुले ईन्टरनेट सेवा प्रदानको लागि प्रयोग गर्ने पोल र ओपिजिडब्लु फाईबर तारको भाडामा दोब्बर भन्दा बढी मुल्य वृद्धि गरेर सरकारको डिजिटल नेपालको सपना माथी नै तुषारापात गरेको नेपाल विद्युत प्राधिकरणले अब अनलाइनबाट महशुल भुक्तानी गर्दा लाग्ने रकममा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो । यसअघि प्राधिकरणले अनलाइन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई अनुमति दिएको थिएन । तर, सेवा प्रदायकले यस्तो शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।

प्राधिकरणले अब भुक्तानी सेवा प्रदायकलाई अनलाइन भुक्तानीबापत शुल्क उठाउन अनुमति दिने भएको छ । यसले उपभोक्तालाई अनलाइन भुक्तानी गर्न निरुत्साहित गर्ने जोखिम हुने प्राधिकरणका अधिकारीहरु नै बताउँछन् । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सेवा शुल्कको शर्त पालना गर्ने गरी बिजुलीको बिल भुक्तानी गर्ने सेवा प्रदायकका रुपमा छनोट हुन प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले प्रतिकारोबार ५ रूपैयाँ प्रस्ताव गरेपनि कम्पाीले सो भन्दा कम सेवा शुल्क प्रस्ताव गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !