१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

त्रिवि रजिस्ट्रारको कार्यालयमा तालाबान्दी



काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका मुद्दामा विश्वविद्यालयका पदाधिकारी संवेदनशील बन्न नसकेको, परीक्षा सञ्चालन र नतिजा प्रकाशन जस्तो विषयमा पनि हेलचेक्र्याइँ गरेको विरोधमा विद्यार्थी संगठनले आ–आफ्नो मागसहित समाजशास्त्र केन्द्रीय विभाग, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबान्दी गरेका छन् । नेविसंघ त्रिवि समितिले आफ्ना माग तत्काल पूरा गर्नुपर्ने, विश्वविद्यालयमा प्राज्ञिक वातावरण बनाउन र मनलाग्दी कर्मचारी नियुक्ति बन्द गर्न शिक्षाध्यक्षको कार्यालयमा गत फागुन २३ गते तालाबन्दी गरेको हो।

उनीहरु गएको ४५ दिनदेखि विभिन्न मागसहित रिले अनसन बस्दै आएका छन्। अनसन बसेको लामो समयसम्म माग पूरा गर्न चासो नदिएपछि तालाबन्दी गर्नुपरेको र अहिलेसम्म पनि कुनै सहमति नभएको त्रिवि नेविसंघका कार्यवाहक सभापति गणेश भण्डारीले बताए। शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ। समाजशास्त्र विभागमा भने अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका हुन्। त्यस्तै त्रिवि सेवा आयोगमा समाजवादी विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, दलित विद्यार्थी युनियन, तराईमधेश विद्यार्थी मञ्चले संयुक्त रुपमा तालाबन्दी गरेका छन्। गत फागुन ९ गते गरेको विज्ञापन समावेशी नभएको भन्दै उक्त विज्ञापन सच्याएर फेरि आवेदन खुला गर्न माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !