Monday, September 9, 2024

ट्रेन्डिङ :

राजश्व छलीमा छानबिन भईरहेका व्यापारीसहित २०० बढी एमालेमा प्रवेश गर्ने तयारीमा

काठमाडौं । दुई सय भन्दा धेरै व्यापारीहरु एमाले प्रवेश गर्ने भएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश गर्न लागेका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उनीहरुलाई बालुवाटार बोलाएका हुन् । कार्यक्रममा बोल्दै दुगडले एमाले प्रवेश गर्न चाहने २ सय ३५ पुगेको बताए । तर, धेरैलाई छलफलमा भनेर बोलाइएको स्रोत बताउँछ । पार्टी प्रवेश गर्न लागेकामध्ये कतिपयमाथि राजश्व छलीमा छानबिन भइरहेको छ । सो मुद्दा मिलाउने प्रलोभन दिएर दुगडले केहीलाई पार्टी प्रवेश गराउन लागेको चर्चा छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?