Friday, October 4, 2024

ट्रेन्डिङ :

कोरोना खोप खरिद गर्न विश्व बैंकले ८ अर्ब ६२ करोड बढी रकम उपलब्ध गराउने

काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका लागि सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?