Sunday, May 18, 2025

ट्रेन्डिङ :

जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

spot_img
spot_img

एजेन्सी । जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ । हालसम्म भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आइसकेको छैन । स्थानीय समयअनुसार साँझ ६ बजेर ९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको थियो । अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले जनाएका छन् । राजधानी टोकियोमा समेत भूकम्पको झट्का महसुस भएको अधिकारिले बताएका छन् । अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?