२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो



काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय