Friday, May 16, 2025

ट्रेन्डिङ :

राज्यका निकाय र पार्टीलाई कब्जामा राखेर ओली हिटलर बन्ने दाउमा : डा. भट्टराई

spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले नेपालमा हिटलरको उदय भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै भट्टराइले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाएको भन्दै नेपालमा हिटलरको उदय भएको बताएका हुन् । हिट्लरबारेको चर्चित भनाइ उल्लेख गर्दै आइतबार भट्टराईले ट्विट गर्दै सबै होसियार हुनुपर्ने बेला आएको बताएका छन् । उनले ओलीको ज्याजतीविरुद्ध बोल्न ढिला भएको भन्दै हिटलरको चर्चित भनाई समेत उल्लेख गरेका छन् ।

पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनँ, अन्त्यमा उनीहरू म बिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन’, भट्टराइले लेखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राज्यका विभिन्न निकाय र पार्टीलाई आफ्नो कब्जामा राखेको भट्टराईले दाबी गरेका हुन् । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुर्नगठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति ओलीको छ । त्यस्तै राज्यका विभिन्न अंग सम्पति शुद्धीकरण, राजस्व अनुसन्धान, वैदेशिक सहायता, अनुसन्धान विभागलगायत सबै प्रधानमन्त्रीको मातहतमा छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?