१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओलीले कहाँ के सेटिङ गरे ? पार्टी नै पहिलेकै अवस्थामा फर्काइदिए : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विदेशी शक्तिसँग सजिलै लम्पसार परेको आरोप लगाएका छन्। ५६ औँ अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी आन्दोलनले प्राप्त गरेको संविधान र समावेशीतालाई अन्त्य गर्नका लागि केही देशी विदेशी शक्तिहरू लागिरहेका छन्, त्यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली नै भेट्टाएका रहेछन् प्रचण्डले भने ।

ओलीले हामीलाई सिध्याउनका लागि खोजेका थिए। त्यही बेलामा कहाँ के सेटिङ गरे या के गरे पार्टी नै पहिलेकै अवस्थामा फर्काइदिए प्रचण्डले भने । त्यस्तै पार्टी एकता गर्दा आत्मसमर्पण नगरेको स्पष्ट पारे। ‘पार्टी एकता गर्दा आत्मसमर्पण गरेको होइन। राजनीतिक स्थायित्वको लागि ओलीसँग आलोपालो गरेको थिएँ। तर, आलोपालो गर्ने सहमति गरेको हुँ’ उनले भने, ‘मैले एकता भंग हुनुअघि नै ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठ लामो पत्र लेखेको हुँ।


प्रतिक्रिया दिनुहोस !