Saturday, December 7, 2024
spot_img

ट्रेन्डिङ :

व्यवसायीक कार्यहरु नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, तर हजारौं भेला गरेर सभा आयोजना गर्दै ओली

spot_img
spot_img

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ । केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा अनुरोधमात्र गरिएको बताए । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत सबैमा आग्रह गरेको छ ।

नेपालमा पनि पछिल्ला केही हप्तादेखि संक्रमित बढे पनि स्वास्थ्य मापदण्डको पालना भने विरलै हुने गरेको पाइएको छ । कोरोनाका संक्रमितहरु बढिरहँदासमेत सरकारबाटै स्वास्थ्य मापदण्डको ब्यापक उल्लंघन हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरुले हजारौंको संख्यामा भीड भेला गरेर सभा आयोजना गर्दै आएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?