१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भागरती हत्याकाण्ड, जबरजस्ती हत्या स्वीकार गर्न लगाइएको अभियुक्त दिनेशका बुवाको बयान



काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा अभियुक्तका बुवाले विवादास्पद बयान दिएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त दिनेश भट्टका बुवाले छोरालाई जबरजस्ती हत्या स्वीकार गर्न लगाइएको र आफ्नो छोरा निर्दोष भएको बताएका हुन् । दिनेशका बुवाले घटनामा स्थानीय वडा नम्बर–७ मै काम गर्ने वडाका कर्मचारीको संलग्नता रहेको विवादास्पद बयान समेत दिएका छन् । आइतबार अपरान्ह उनले पत्रकार सम्मेलन गर्दै आफ्नो छोरालाई स्थानीय वडाका कर्मचारीले धम्की दिएर हत्या स्वीकार गर्न लगाएको विवादास्पद बयान दिएका हुन् । उनले भनेका छन्, ‘मेरो छोरा निर्दोष छ ।

उसलाई स्थानीय वडाका कर्मचारीले घाँटीमा चक्कु राखेर आफू र बुवालाई समेत मारिदिने धम्की दिएको र अपराध स्वीकार गर्न भनेकाले डरले उसले अपराध मैले गरेको हो भनेको रहेछ । तर सुधार केन्द्रमा ल्याइसकेपछि उसले ३ जना बडीगार्ड (प्रहरी कर्मचारी) का सामुन्ने घटनामा आफ्नो संलग्नता नभएको बताएको छ । अभियुक्तका बुवाले घटनामा अर्कै व्यक्तिको संलग्नता भएको दाबी गरेपनि न दिनेशलाई धम्काएको कुरा पुष्टी गर्न सकेका छन्, न आफ्नो छोरा निर्दोष भएको कुनै आधार नै पेश गरेका छन् । आफ्नो छोरालाई धम्काएको कल रेकर्डसमेत भएको दाबी गरेपनि पत्रकारले सुनौँ न त भन्दा अहिले सुनाउन नमिल्ने बताए । ती व्यक्ति को हुन् त रु’ भनेर पत्रकारले बारम्बार प्रश्न गरेपनि आफ्नो सुरक्षाको ग्यारेन्टी भएपछि मात्रै उक्त व्यक्तिबारे बोल्ने बताए । यद्यपि उनले पटकपटक स्थानीय वडाकै कर्मचारी हो भन्न चाहिँ छुटाएनन् ।

 


प्रतिक्रिया दिनुहोस !