Sunday, April 27, 2025

ट्रेन्डिङ :

लम्कीमा प्रहरीको गोली लागेर घाइते २ जनालाई काठमाडौं रेफर गरियो

spot_img
spot_img

कैलाली । लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ । यस्तै झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए । मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उहाँको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?