Sunday, April 20, 2025

ट्रेन्डिङ :

सिंगटी हाइड्रोको आइपिओमा १६ लाख २३ हजारले दिए आवेदन, तपाईंलाई कति पर्ला ?

spot_img
spot_img

सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ)मा अन्तिम दिनसम्म १६ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङका अनुसार सो संख्याले २ करोड ४७ लाख कित्ता सेयर माग गरेका हुन्। २ अर्ब ४७ कराेड रुपैयाँ आवेदकको बैंक खातामा ब्लक भएको छ।  कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कम्पनीले सर्वसाधारणलाई कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको थियो।

२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १३ लाखभन्दा धेरैको हात रित्तो हुनेछ।

कस्तो छ कम्पनी/आयोजना ?

दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ।

कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड छ। कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड छ।

केयर नेपालले कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ। यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ।  गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?