Wednesday, April 30, 2025

ट्रेन्डिङ :

सत्ता र कुर्सी जोगाउन देशको अस्मितामाथि नै गम्भीर खेलबाड गर्दै ओली !

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितामाथि नै गम्भीर खेलबाडमा लागेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्ने पूर्व रक्षामन्त्री समेत रहेका रावलले प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकालिन हितसँग सम्बन्धित विषयमा प्रतिकुल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको बताएका हुन् ।

१२ मिनेटको फरकमा अर्को ट्वीट गर्दै रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेका बेला प्रधानमन्त्री ओलीले भने बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको उल्लेख गरेका छन् । रावल मात्रै होइन, नेपालको राष्ट्रियताका सवालमा प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा समेत काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि गम्भीर प्रश्न उठाएका थिए । उनले दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले एकतर्फी रुपमा संरचना निर्माण गरेको भन्दै कालापानी लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउने पहल गर्न माग गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?