Saturday, February 15, 2025

ट्रेन्डिङ :

पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिए

spot_img
spot_img
spot_img

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना गरी ६३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?