१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्ला प्रशासनलाई परिपत्र



काठमाडौं । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ । कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि आफूहरुले भीडभाड हुन नदिन परिपत्र गरेको बताउनुभयो । बुढाले सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रशारण गर्न समेत आग्रह गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !