२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्काशन गर्ने, मूल्य १ सय २० रुपैयाँ



रुरु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले अङ्कित मूल्यमा प्रिमियम मूल्य थप गरेर  आईपीओ निष्काशन गर्ने भएको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

कूल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा आईपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

इक्रा नेपालले यस परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।

कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रुरुले स्थानीयलाई आईपीओ बिक्री गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !