Tuesday, May 20, 2025

ट्रेन्डिङ :

अण्डा, मासु, धूलो दूधमा नेपाल आत्मनिर्भर

spot_img
spot_img

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी सो वस्तुमा आत्मनिर्भर भएको घोषण गरेको हो।  भैसीबाहेक अन्य मासु, धुलो दूध, अण्डा र मासुको आयात शून्य भएको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

विश्व स्वास्थ्य संगठनले प्रति वर्ष प्रति व्यक्ति ९१ लिटर दूध, ४८ वटा अण्डा र १४ किलो मासु आवश्यक हुने जनाएको छ।

सोहीआधारमा नेपालमा प्रतिव्यक्ति प्रति वर्ष ५५ वटा अण्डा, २८ किलो मासु, ७९ लिटर दूध र साढे ३ किलो मासु उत्पादन हुने गरेको मन्त्री अर्यालको भनाइ छ।  ५ वर्ष भित्र कृषिका सबै वस्तुमा आत्मनिर्भर हुने गरी पञ्च वर्षीय योजना बनाएको मन्त्री अर्यालले बताइन्।

‘हामीले पञ्च वर्षीय योजना बनाइरहेका छौं, अबको ५ वर्ष भित्र कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्छौं,’ उनले भनिन्।

नेपालमा धुलो दूध आवश्यकताभन्दा बढी उत्पादन हुने गरेको उनले जानकारी दिइन्।

‘हाम्रो आवश्यकता तीन हजार मेट्रिक टन हो। हामीले तीन हजार चार सय मेट्रिक उत्पादन गरिरहेका छौं,’ उनले भनिन्।

 मन्त्रालयको तथ्यांकअनुसार नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ। त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु छ। नेपालमा खसी, कुखुरा, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुँदै आएको छ।

फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार ३ हजार ४ सय ५० मेट्रिक टन धुलो दूध र १ हजार ८ सय ६० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये दुग्ध विकास संस्थानसँग १ हजार ५० मेट्रिक टन धुलो दूध र ५ सय ५० मेट्रिक टन बटर मौज्दात छ भने निजी क्षेत्रसँग २ हजार ४ सय मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात छ

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?