Saturday, February 15, 2025

ट्रेन्डिङ :

पर्यटक आवागमन व्यवस्थित गर्न भन्दै सरकारले ल्यायो मापदण्ड, यस्ता छन् व्यवस्था

spot_img
spot_img
spot_img

सरकारले नेपाल आउने पर्यटकले पूरा गर्नुपर्ने मापदण्ड व्यवस्था गरेको छ। मन्त्रिपरिषद्ले नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न ‘पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको हो।

सरकारको मापदण्डमा नेपाल आउने पर्यटकले अनिवार्य रूपमा ७२ घण्टाअघिको पिसिआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने उल्लेख गरेको छ। यस्तै नेपालमा रहने अवधिको होटल बुकिङ गरेको प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै पर्यटकको बिमा र भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटन विभाग वा नेपाल पर्यटन बोर्डको सिफारिसको कागजातसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै पर्यटकका साथमा जाने नेपाली सहयोगीको कम्तीमा पनि एक लाख रुपैयाँको कोरोना बिमा गराउनुपर्ने समेत उल्लेख छ। भारतबाट आउने पर्यटकहरूका लागि नेपाल भारत ट्राभल बबल सहमति अनुसार हुनुपर्ने व्यवस्था गरिएको छ।

कुनै पर्यटकले मापदण्डका व्यवस्था पालना नगरे कारबाही गरिने समेत मापदण्डमा उल्लेख छ।

No description available.No description available.No description available.No description available.

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?