Friday, May 23, 2025

ट्रेन्डिङ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत आम्दानी खुम्चियो

spot_img
spot_img

काठमाडौं : कोभिडका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत आम्दानी खुम्चिएको छ । विमानस्थलले वार्षिक १० अर्ब बढि आम्दानी गर्दै आएकोमा यस बर्ष कोरोनाका कारण आम्दानी उल्लेख्य घटेको हो । यस बर्ष आन्तरिक तथा बाह्य क्षेत्रमा उडान गर्न नसक्दा गतवर्षको चैत्रदेखी यस वर्षसम्ममा आम्दानी ७० प्रतिशत खुम्चिएको हो । करिब ५ महिनाको अवधिसम्म मात्र उद्धार उडान हुँदा आम्दानी खुम्चिएर ३ अर्बमा सिमित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यस अवधिमा आन्तरिक तर्फका उडान कोभिड अघि कै अवस्थामा रहेपनि बाह्य तर्फको उडानमा अझै पनि सुधार हुन सकेको छैन ।

हाल ८० प्रतिशत उडान आन्तरिक तर्फ हुँदा बाह्य तर्फ जम्मा २० प्रतिशत मात्रै हुने गरेको छ । आन्तरिक तर्फ यात्रुको संख्या तथा यात्रुहरुको सेवा शुल्क पनि कम हुने हुँदा आम्दानी कम हुने गरेको छ । तर कोभिड महामारी बिचमा यात्रुहरुको चाप कम हुँदा विमानस्थलमा पुर्वाधार विकासका काम भने बढी भएको विमानस्थलको दाबी छ । विमानस्थलले आगामी दिनमा व्यवस्थापन पक्ष सुधार्दै गुनासा नआउने गरि काम गरिरहेको समेत जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?