१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

पछिल्लो २४ घन्टामा थप १४१ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय २२ पीसीआर गर्दा १४१ जनामा कोरोना पोजिटिभ देखिएको हो। यस्तै सोमबार थप ८२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित नेपालमा कोरोन संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको हो। निको हुने दर ९८.४ प्रतिशत हो।

मन्त्रालयका अनुसार सोमबारसम्म १३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। ५६ जना क्वारेन्टाइन र १३ सय ४१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। पछिल्लो समय कोरोनाको ग्राफ विस्तारै बढ्दै गएको भन्दै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।

चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। यसअघि भारतले सरकारले १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो।उक्त खोपबाट सरकारले माघ १४ गतेबाट देशभर नै खोप अभियान सञ्चालनमा ल्याएको हो। उक्त अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायतले खोप लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !