Friday, January 24, 2025

ट्रेन्डिङ :

१५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान

spot_img
spot_img
spot_img

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको जनाएको छ । समायोजन मिलानका लागि २ हजार ४ सय कर्मचारीले निवेदन पेश गरेका थिए । जसमध्य १ हजार ५ सय २० जना स्वास्थ्य कर्मचारी समायोजन भएका हुन् । सरकारले यसपटक कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ। मापदण्डअनुसार प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था गरेको हो ।

मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?