Wednesday, March 19, 2025

ट्रेन्डिङ :

भारतबाट उद्धार गरिएका ७ किशोरीलाई महोत्तरी ल्याइयो

spot_img
spot_img

काठमाडौं : महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु मंगलबारबाट हराएका थिए ।

सशस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका सई आदित्य सिंह नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो । किशोरीहरुको उद्धारमा पुगेका सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार बिहारको सितामढीस्थित रेल्वे स्टेसनमा भारतीय प्रहरीले किशोरीलाई मंगलबार राति १० बजेको समयमा फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो । भारतीय प्रहरीसँग उनीहरुले ‘गायिका बन्न’ भारत गएको बताएपनि आफूहरुसँग भने उनीहरुले केही नबताएको उनले बताए ।

शाहीका अनुसार भारतीय गैरसरकारी संस्था चाइल्ड वेलफेर कमिटीले उनीहरुलाई बुधबार दिनभर काउन्सेलिङ गरेको थियो । भंगाहा नगरपालिका–८ धर्मपुरा घर भएका किशोरीहरु भिट्टामोडबाट अटो चढेर बिहारको सितामढीस्थित रेल्वे स्टेसन पुगेको पाइए पनि उनीहरु आफैं गए वा अरु कसैले लिएर गएका हुन् भन्नेबारे केही खुल्न नसकेको उनले बताए । मंगलबार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान हराएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?