१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लोकतन्त्रमाथि अनिष्ट हुने खतरा : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिवंगत नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्य तिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरेका हुन् । देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ नेता पौडेलले भने ।


प्रतिक्रिया दिनुहोस !