Friday, May 23, 2025

ट्रेन्डिङ :

थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौं : मुलुकमा थप १ सय ७९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ७९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ११ संक्रमित निको भएका छन् ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ११ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ११ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५६५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ७९ हजार १०५ जनाको पीसीआर परीक्षण भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?