१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधार



काठमाडौं : नेपाल वित्तीय संस्था संघले निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । संघको आज सम्पन्न साधारणसभाले निर्बिरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार संघको अध्यक्षमा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधार चयन भएका छन् । उनी यसअघिको कार्यकालमा पनि अध्यक्ष थिए। त्यस्तै संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्सक सुनिल पन्त, द्वितीय उपाध्यक्षमा पोखरा फाइनान्सका रविचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका अनिल श्रेष्ठ, र कोषाध्यक्षमा नेपाल फाइनान्सका उद्धवराज थपलिया निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मन्जुश्री फाइनान्सका सन्तोष निरौला, सेन्ट्रल फाइनान्सका रजोज्ञमन श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका लिलामणि न्यौपाने, प्रोग्रेशिभ फाइनान्सका विशाल हुमागाई, गोर्खाज फाइनान्सका लाल अहादुर थिंग, र वेस्ट फाइनान्सका उमेशसिंह भण्डारी सर्वसम्मत चयन भएका छन् । साधारणसभाले अध्यक्षको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !