Friday, May 23, 2025

ट्रेन्डिङ :

ओलीको राजीनामा माग्ने काँग्रेसको केन्द्रीय समिति बैठकको निर्णय

spot_img
spot_img

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले रातोपाटीलाई जानकारी दिइन् । नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा कुरा नमिल्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेपछि मात्र सुरु भएको हो ।

फागुन २८ गते बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकमा पनि आफ्नो नेतृत्व सरकार बनाउन अग्रसरता लिने सहमति भएको थियो । २८ गतेको सहमतिलाई आजको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको देखिन्छ । योबीचमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग काँग्रेसले विभिन्न चरणमा छलफल गरेको थियो । तर तीन दलबीच गठबन्धन निर्माणका विषयमा अहिलेसम्म ठोस सहमति हुन सकेको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?