Thursday, May 1, 2025

ट्रेन्डिङ :

होलीमा दुईजना भीरबाट फाल्ने घटनामा संलग्न आठ आरोपी सार्वजनिक

spot_img
spot_img

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले होली खेल्ने क्रममा झडप हुँदा दुईजनालाई भीरबाट फालेर हत्या गरेका आशंकामा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ । बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होली पूर्णिमाको दिन दर्लिङ र राजकुतका युवाहरुबीच झडप हुँदा आक्रोसित युवाले दुई जनालाई भिरबाट धकेल्दा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक परियारको मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बडिगाड गाउँपालिका–१० दर्लिङका २८ वर्षीय रेशम बुढा मगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षीय रेशम भन्ने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा र ३६ वर्षीय ढालबहादुर बुढा पक्राउ परेका छन् ।
घटना लगतै फरार रहेका मिलन बुढा र भेषराज बुढा गुल्मी, कुमार छन्त्याल रुपन्देहीबाट पक्राउ परेका थिए । चार जना दर्लिङबाट पक्राउ परेका थिए । सूर्य बुढा र ढालबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत आत्मसमर्पण गरेका थिए ।

पक्राउ पर्नेमाथि जिल्ला अदालतबाट म्याथ थप गरी घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । दुई समुहबीच झडप हुँदा युवाहरुलाई मृतक दुई जनालाई बल्लेदुरीको पूर्वीडिलबाट धकेल्दा चार सय मिटर पुगेका थिए ।

मृतकका आफन्तले घटनामा संलग्न ६ जनामाथि किटानी जाहेरी दिए पनि दुई जना पक्राउ पर्न सकेका छैनन । होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग दलेको विषयलाई लिएर दुई समुहबीच झगडाको सुरुवात भएको थियो । प्रहरी प्रमुख एसपि मगरका अनुसार घटना सुनियोजित भन्दा पनि परिस्थितिजन्य घटनाबाट सृजना भएको हो ।

दुवै समुहका युवाहरुले मदिराको उन्मादमा घटनालाई दुर्घटनामा पुर्याएको प्रहरीको प्ररम्भिक अनुसन्धानले पुष्टि गरेको एसपि मगरको भनाइ छ । झडपमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंका गरिएको छ । उनीहरुलाई पनि थप निगरानीमा राखिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?